ज्येष्ठ नागरिकको सवाल संविधानमा समेटिन्छ–सभाषद नेपाली



sabhasad nepaliओएस नेपाल, पोखरा, ६ फागुन । संघीय समाजवादी पार्टीका सभाषद डिलबहादुर नेपालीले नयाँ संविधानमा ज्येष्ठ नागरिकका सवाल समेटिने बताउनुभएको छ । पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्ने क्रममा नेपालीले यस्तो बताउनुभएको हो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय बनाउने तयारी भइरहेको समेत सभाषद नेपालीले जानकारी दिनुभयो । त्यस्तै नयाँ बन्ने संविधानमा समेत ज्येष्ठ नागरिकहरुका सवाललाई विशेष प्राथमिकता दिने वहाँको भनाई थियो ।

अर्मलाका जगत नेपालीले आफ्ना दिवंगत रनबहादुर नेपालीको स्मृतिमा चामल, दाल, सावुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको थियो । हाल हङकङमा रहनुभएका नेपालीले आगामि दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै पोखरा ७, रत्नचोक ढाँडमार्गका रुद्रबहादुर कार्की गोपाल, शोभा कार्की र निर्मला कार्कीले पनि पोखरा वृद्धाश्रममा नगद तथा खाद्यन्न सामग्री सहयोग गर्नुभएको छ । नगद २ हजार १ सय १४ सहित खाद्यन्न सामग्रीमा चामल, दुध, दाल, लगायत रहेको छ । सो अवसरमा रुद्र कार्की गोपालले आफ्ना दिवगंत आफन्तको सम्झना एवं सेवा भावले सहयोग गरेको जानकारी दिनुभयो ।

Comment