कास्की फाइनान्सका कार्यकारी अधिकृत राष्ट्रिय सेवा सम्मानद्धारा सम्मानित



toya-raj-adhikari-awardedओएस नेपाल, पोखरा, ६ फागुन । नेपाल युवा समाज, काठमाण्डौले  कास्की फाइनान्स लिमिटेड पोखराका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीलाई सम्मान गरेको छ।

बितिय सस्थाको नेतृत्व तहमा रहेर मुलुकको आर्थिक तथा सामाजिक बिकासमा योगदान गरे बापत समाजले एक कार्यक्रमका बिच उनलाई राष्ट्रिय सेवा सम्मानद्धारा सम्मानित गरेको हो ।

माननिय परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले एक समारोह बिच कास्की फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतलाई सम्मान गर्दै यस किसिमको सम्मानले युवाहरुलाई आर्थिक तथा समाजिक बिकास एबं नागरिक सरोकारका अन्य बिषयहरुमा थप क्रियाशिल रहन हौसला मिल्ने बताए ।

बिगत १५ बर्षदेखी बिभिन्न बितिय सस्थामा बिभिन्न तहमा रहेर कार्य गरीसकेका अधिकारीले पछिल्लो ५ बर्ष देखी कास्की फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गरिरहनु भएको छ ।

Comment