नेपाली पुरुष साथिलाई बलात्कार गर्ने पाकिस्तानी युवकलाई ५ बर्ष जेल



ओएस नेपाल, दुबई, फाल्गुन ७ -नेपाली युवकलाई रुम पार्टनर बनाएर बलात्कार गर्ने एक पाकिस्तानी युवकले ५ बर्षको जेल सजाय पाएका छन ।

Jailकोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा दुबई अदालतले पाकिस्तानका एम.वाई.लाई  ५ वर्षको जेल सजाय सुनाएको हो ।

३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो ।

त्यो दिन आफुले अत्याधिक रक्सी पिएको र मातेपछि के भयो कुनै याद नरहेको अदालत समक्ष बलात्कारी युवकले बयान दिएका छन् । बलात्कृत नेपाली युवकले भने, सुतिरहेको अवस्थामा ती पाकिस्तानी साथीले जर्बजस्ती बलात्कार गरेको बताएका छन् ।

न्यायधीश इजात अब्दुलले अभियुक्त बलात्कारीले ५ बर्षको जेल सजाय भोगिसकेपछि निर्वासित गरिने निर्णय सुनाएका छन् । बलात्कारी युवकले पुनरावेदनको लागि १५ दिनको समय अवधी पाएका छन् ।

Comment