सात सय बढीको अर्बुद रोग परीक्षण



cancerओएस नेपाल, काठमाडौँ, ७ फागुन  –      नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँको सक्रियतामा रोटरी क्लब अफ वाग्मती एवं पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको सहयोगमा महाशिवरात्रिका अवसरमा मङ्गलबार सिफलमा आयोजित बृहत् अर्बुद रोग परीक्षण ७७५ जनाले उक्त स्शिविरमा करिब वास्थ्य परीक्षण गराए ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपाने, रजिस्ट्रार डा प्रभु शाह, डा उज्ज्वल चालिसेले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले संस्थाले जनमानसमा क्यान्सर रोगबारे चेतना जगाउनका लागि यस किसिमका शिविरलाई निरन्तरता दिने बताए । कार्यक्रममा संस्थाका काठमाडौँ सभापति अजयसिंह सुवाल, महासचिव एवं रोटरी क्लब अफ वाग्मतीका अध्यक्ष विमलकुमार होडालगायतले सहयोग  पुर्यायाउनुभएको थियो । शिविरमा लायन्स क्लबबाट दाँत र आँखाको समेत जाँच गरिएको संस्थाले जनाएको छ । रासस

Comment