एशेज क्रिकेट: ईङल्याण्डको चौथो टेष्ट जितसँगै श्रृखंला कब्जा



इङल्याण्डमा जारी एशेज क्रिकेट प्रतियोगिता अन्तर्गतको चौथो टेस्टको चौथो दिनमा घरेलु टोलीले पाहुना टोली अष्ट्रेलियालाई ७४ रनले पराजित गर्दै श्रृखंलामा बिजयी भएको छ । पाँच खेलको श्रृखंलामा १ खेल बाँकी छँदै ईङल्याण्डले ३-०को अग्रता लिनुको साथै बिजयी पनि भएको छ।

दुई सय ९९ रनको लक्ष्य पाएको पाहुना टोली अष्ट्रेलिया दुई सय २४ रनमै समेटिएको थियो । उसका लागि डेभिड वार्नरले सर्विाधिक ७१ रन बनाएका थिए भने क्रिस रोजर्सले ४९ रनको योगदान दिएका थिए । । एक समय १६७ रनमा २ विकेटमा मात्र गुमाएको पाहुना टोली २२४ रनमा नै समेटिएको थियो। पहिलो विकेटकोलागि अष्ट्रेलियाले १०९ रनको साझेदारी गरि मजबुत शुरुवात गरेको थियो तर मध्यक्रमका व्याट्सम्यानहरुले उक्त गतिलो शुरुवातको फाईदा उठाउन सकेनन र अष्ट्रेलिया हार व्योहोर्न पुगेको थियो।

अष्ट्रेलियालाई दोस्रो पारिमा समेट्ने क्रममा ईङल्याण्डका बलर स्टुवार्ट ब्रोडले ६ विकेट लिएका थिए भने टिम ब्रेसनान र ग्रेम स्वानले २-२ विकेट लिएका थिए। स्टुवार्ट ब्रोडले म्याचमा ११ विकेट लिएका थिए र प्लेयर अफ द म्याच पनि घोषित भएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको ईङल्याण्डले आफ्नो पहिलो पारीमा २३८ रन बनाएको थियो। त्यसैगरि अष्ट्रेलियाले २७० रन बनाएको थियो। दोस्रो पारिमा ईङ्ल्याण्डले ३३० रन बनाएको थियो र अष्ट्रेलियालाई २९९ रनको टार्गेट दिएको थियो। अष्ट्रेलिया २२४ रन मै समेटिन पुग्दा ईङल्याण्डले ७४ रनले जित हात पारेको हो। यसअघि लगातार दुई टेस्टमा हार व्यहोरेको अष्ट्रेलियाले तेस्रो टेस्ट बराबरी गरेको थियो । अन्तिम तथा पाँचौं टेस्ट ६ साउनबाट सुरु हुँनेछ । एजेन्सी

Comment