विश्वकप क्रिकेटमा बल रोक्न खोज्दा महेला जयवर्धनेको ब्याट भाँचियो



prv_a3994_1424584702ओएस नेपाल, काठमाडौँ, १० फागुन । विश्वकप क्रिकेट २०१५ मा अफगानिस्थान र श्रीलंका बीचको खेलमा बलले लागेर ब्याट भाँचिएको छ ।
आइतबार बिहान भएको खेलमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्ने क्रममा श्रीलंकाली ब्याट्सम्यान महेला जयवर्धनका ब्याट भाँचिएको हो ।

ब्याटिङमा रहेका श्रीलंकाली ब्याट्सम्यान महेला जयवर्धनेले अफगानिस्तानका सापुर जादरानको बललाई स्टे«ट ड्राइभ गर्न खोज्दा ब्याट भाँचिएको हो ।

आइबार बिहान भएको खेलमा २२ दशमवल ४ ओभरमा खेल चलिरहेका बेला सापुरको बलले जयबर्धनेको ब्याट भाँचिएको हो ।

पेस बलले ब्याटको बीच भागमा लाग्दा ब्याट दुई टुक्रा भएको थियो । ब्याट भाँचिएपछि जयवर्धनेले नयाँ ब्याट लिएर पुन ब्याटिङलाई निरन्तरता दिएका थिए ।

एक दिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक ब्याट भाँचिएको हो ।

अफगानिस्तान र श्रीलंकाबीचमो खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले हराएको छ ।

prv_cf507_1424574236

Comment