सुहागरातमा बेहुलाले बेहुलीको कपडा खोल्न नसकेपछि डिभोर्स



ओएस नेपाल, काठमाडौँ, १० फागुन । श्रीमान श्रीमतीको डिभोर्सका थुप्रै समाचार पढ्न र देख्न पाइन्छ तर बेहुला बेहुलीकै डिभोर्सका समाचार यदाकदामात्र हुन्छन् । इंग्ल्याण्डमा त्यस्तै भयो । विवाह सकिएपछि सुहागरातको तयारीमा रहेका बेहुलाले बेहुलीको कपडा खोल्न नसकेपछि बेहुलीमाथि निर्घात कुटपिट गरेका छन् ।

सुहागरातकै दिन निर्घात कुटाइमा परेकी बेहुलीले बेहुलाबाट आफूलाई होटलका कर्मचारीले बचाँएको भन्दै प्रहरीसमक्ष उजुरी गर्दै रिभोर्स मागरेकी छन् ।

ffdfdf

प्रसंग हो इंग्ल्याण्डको सन्डरल्याण्डका गाभिन गोलाइट्लीले लण्डनकी एमी डोसनको । यो जोडीको झगडा सुहागरातबाटै सुरु भयो र अन्तत जोडीको सहयात्रा पनि अन्तिम दिन सुहागरातकै दिन बन्यो ।

सुहागरातको कल्पनामा जब विस्तारमा पुगेको जोडी बीचमा तनाव सुरु भएपछि पीडामा सुहागरात सकियो । अनि डिभोर्सको यात्रा त्यहीबाट सुरु भयो ।

जब बेहुलीको कपडा खोल्न बेहुलालाई कठिन भयो तब बेहुला बेहुलीमाथि जाइलागे । बेहुला बेहुलीमाथि खनिएका मात्र होइन बेहुला बेहुलीको सुहागरातको झगडाबाट बेहुलीलाई जोगाउनका लागि होटलका कर्मचारी नै खट्नु परेको थियो ।

बेहुलीले प्रहरीलाई दिएको उजुरी अनुसार बेहुलीले लगाएको कपडा फुकाल्न बेहुलालाई गाह्रो भएको थियो । त्यसैको नाममा बेहुलाले सुहागरातकै दिन बेहुलीलाई पत्नीलाई लडाए र बेस्सरी निर्घात कुटपिटको सुरुवात गरेका थिए । सुहारगरातमै बेहुलाको कुटाइबाट पटक पटक बेहोस भएकी बेहुलीले डिभोर्स मागेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले खबर लेखेका छन् ।

Comment