दोलखामा दैनिक ५० जना युवाले राहदानीका लागि आवेदन दिन्छन्



ओएस नेपाल, चरिकोट, १० फागुन । दोलखामा दैनिक ५० जना युवाले राहदानीका लागि आवेदन दिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, दोलखाको तथ्याङ्कअनुसार गत साउन महिनादेखि माघसम्म करिब तीन हजार युवाले राहदानीका लागि आवेदन दिएका छन् । त्यस्तै द्रुत गतिको राहदानी काठमाडौँबाट लिन तीन हजार ५०० युवा काठमाडौँ गएको राहदानी फाँटमा कार्यरत कर्मचारी सुमना थापाले बताए।

जिल्ला प्रशासन कार्यालय, दोलखाले परराष्ट्र मन्त्रालयलाई राहदानी आवेदकले फाराम भर्दा विभिन्न त्रुटि गर्दा राहदानी पाउन ढिला हुने गरेको थापाले बताए ।

राहदानी लिन सदरमुकाम चरिकोट आएका लापिलाङ गाविस– ४ का सहदेव श्रेष्ठले परराष्ट्र मन्त्रालयको लापर्बाहीका कारण काठमाडौँबाट राहदानी लिन जाँदा विभिन्नखाले समस्या झेल्नु परेको बताए । रासस

Comment