निशुल्क स्वास्थ्य शिबिरमा ४ सय को स्वास्थ्य जाँच



health campiongओएस नेपाल, पोखरा, १२ फागुन । लायन्स क्लब अफ पोखरा समर्पणको आयोजना तथा चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा चितवनको शत्तिखोर स्थित सिद्यी गाबिसको चेपाङ बस्तीमा निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा बिभिन्न स्वास्थ्य सम्बन्धी समस्या लिएर आएका करिब ४ सय जनाले स्वास्थ्य जाँच गराएको गराएको चितवन मेडिकल कलेजका बोर्ड अफ डाइरेक्टर रेडियोलोजीष्ट डा. गोपीलाल श्रेष्ठ ले बताए ।

शिबिरमा आएका अधिकाश महिला ले सेतो पानी बग्ने,तल्लो पेट दूख्ने , ढाड दूख्ने, समस्या बताएका थिए । कोहि भने बालबच्चाको जाँच गराउन शिबिरमा आएका थिए । उनीहरुलाइ चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा एनी राजबंशी,दन्त रोग बिशेषज्ञ डा सरोजा राइ डा.सरिता त्रिपाठी,छाला रोग बिशेषज्ञ डा अच्यूत पोख्रेल, जनरल रोग बिशेषज्ञ डा. दयाराम लम्साल, डा. आदित्य ,हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. सून्दर गौतम,बरिण्ठ फिजिसिएन डा. प्रकाश खतिवडा,चितवन मेडिकल कलेजका अध्यक्ष एब प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने लगाएतले स्वस्थ्य जाँच गरेका थिए ।शिबिरमा जाँच गराउन आउने अधिकाँश महिला काखमा दूधे बालक च्यापेरै आएका थिए । कोहि आफ्नो उमेर १८ बताउथे भने कोहि २० बर्ष पूगेको बताउथे तर उनीहरु सबै २ ,३ वटा बच्चाका आमा बनिसकेका थिए ।

सानै उमेरमा बिहे गर्ने र सानै उमेरमा बच्चा जन्माउने को संख्या चेपाङ समूदायमा उलेख्य रहेको सिद्यी गाबिसका स्वास्थ्य चौकी का सि.अहेब इन्द्रलाल न्यौपानेले बताए ।आर्थीक अभाब ,शिक्षा र जनचेतनामा कमीका कारण चेपाङ समूदाय शिक्षा ,स्वस्थ्य र खाद्य अधिकारको क्षेत्रमा पछि परेको चेपाङ अगूबा काशीराम चेपाङले बताए ।शिबिरमा चेपाङ जातीका महिला तथा बालबालीका हरुको उल्लेख्य सहभागतिा रहेको थियो । चेपाङ जातीहरु स्वास्थ सेवाको पहूच बाट टाढा रहेकोले उनीहरुलाइ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिबिरको आयोजना गरिएको क्लबका अध्यक्ष बिन्दू श्रेष्ठ ले जानकारी दिइन। कार्यक्रमका प्रमूख अतिथि पि.डि.जी,पि एम जे एफ लायन योगेन्द्र प्रधानले लायन्स क्लब अफ पोखरा समर्पणले नाम जस्तै काम पनि समाज सेवा मै सर्मपित भएर गरेको उल्ल्ेख गर्दे अति न्यून सूबीधा प्राप्त गरेका ब्यत्तिहरु लक्षित कार्यक्रम प्रभाबकारी भएको बताए ।

क्लबका संस्थापक अध्यक्ष अर्जना प्रधानले सन २००५ देखि नै क्लबले स्वास्थ्य शिबिर सञ्चालन,,छात्राबृती बितरण शैक्षिक सामाग्री ,पोशाक बितरण ,साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दे आएको बताइन । क्लबका अध्यक्ष बिन्दू श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लायन आर्लीन टोवायस ,सचिब लक्ष्मी मल्ल, चितवन मेडिकल कलेजका डाइरेक्टर दयाराम लम्साल लगाएतले बोलेका थिए । कार्यक्रममा सहयोगी भूमीका खेल्ने ब्यत्तिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Comment