आजको राशिफल : वि.सं.२०७५ साल असार ३० गते । शनिबार । ईश्वी सन् २०१८ जुलाई १४ तारिख । नेपाल सम्बत् ११३८ ।



ओएसनेपाल, क्यालिफोर्निया । वि.सं.२०७५ साल असार ३० गते । शनिबार । ईश्वी सन् २०१८ जुलाई १४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । गीष्म ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि प्रतिपदा ०२ घडी ५४ पला,बिहान ०६ बजेर २८ मिनेट उप्रान्त द्धितिया । नक्षत्र तिष्य ३४ घडी ५९ पला,बेलुकी ०७ बजेर १८ मिनेट उप्रान्त अष्लेशा । योग हर्षण ०५ घडि ३० पला,बिहान ०७ बजेर ३० मिनेट उप्रान्त बज्र । करण बव,बिहान ०६ बजेर २८ मिनेट उप्रान्त वालव,बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मित्र योग । चन्द्रराशि कर्कट । श्रीजगन्नाथ रथयात्रा। काठमाडौंमा सूर्योदय ५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा आमाबाट काममा सहयोग पाईने हुदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ भने अन्य व्यावसायमा अलि बढि संघर्ष गर्नुपर्नेछ । शुभ अंक — २,५ शुभ दिशा — पश्चिम शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समयको सहि सदुपयोग गरि आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । यात्रा गर्दा अलि बढि ध्यान दिए चाहेभन्दा बढिनै सकारात्मक उपलब्धिहरु हात लाग्नेछ । उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । शुभ अंक — २,६ शुभ दिशा —उत्तर शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव घट्ने तथा कर्म क्षेत्रमा तपाईको कामको आलोचना हुन सक्छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ । शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अप्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडि बढ्दा सफलको सिडि चड्न सकिनेछ । व्यापारमा बृद्धि भएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ । शुभ अंक —४,५ शुभ दिशा — उत्तर शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउनेभएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।
शुभ अंक — ५,९ शुभ दिशा — पुर्व शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कार्य क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ । शुभ अंक — १,८ शुभ दिशा — पुर्व शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । धार्मिक तथा शैक्षिक यात्राको तय हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामाना गर्नु पर्नेछ । घर परिवार तथा आफन्त सँग मनुमुटाब बढ्ने योग रहेकोछ । शुभ अंक — २,८ शुभ दिशा — दक्षिण शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) संकट व्यावस्थापनका लागि चालिएका प्रयासमा वाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ । शुभ अंक — ३,६ शुभ दिशा — पुर्व शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । शुभ अंक — २,७ शुभ दिशा — दक्षिण शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।
शुभ अंक — २,५ शुभ दिशा — पश्चिम शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । तपाईको सिर्जना तथा लेख रचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्रमो लगानिबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ । शुभ अंक —१,६ शुभ दिशा — दक्षिण शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं

Comment