बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल



ओएस नेपाल सोलुखुम्बु, १३ फागुन – सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश दिएको हो ।

साथै पीडितका परिवारलाई क्षतिपूर्तिवापत रु ५० हजार भराउन पनि आदेश दिएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भटराईले जानकारी दिए । रासस

Comment