पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी सङ्गठनबीच झडप



ओएस नेपाल, लुम्बिनी (रुपन्देही) १५ फागुन – पक्लिहवा कृषि क्याम्पस, भैरहवामा दुई विद्यार्थी सङ्गठनबीच झडपपछि क्याम्पस प्रशासनले होस्टल खाली गर्न निर्देशन दिएपछि विद्यार्थी समस्यामा परेका छन् ।

सम्भावित अरू झडपलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सूचना निकालेर होस्टल खाली गर्न विद्यार्र्थीलाई निर्देशन दिएको निमित्त क्याम्पस प्रमुख डा कन्हैयाप्रसाद सिंहले जानकारी दिए ।

विद्यार्थीलाई एक्कासि छात्राबास खाली गर्न उर्दी जारी गरेपछि आफूहरु समस्यामा परेको भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । एमाओवादी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र एमाले निकटको अनेरास्ववियुबीच बिहीबार साँझ झडप हुदा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष पारस विक गम्भीर घाइते भएको छ । विकसहित अन्य दुईजनाको अहिले भैरहवामा उपचार भइरहेको छ । रासस

Comment