गम्भीर अवस्थामा सेनाको हेलिकप्टर चढेर काठमाण्डौ आएका डा. केसी कहाँ छन् ?



डाक्टर गोविन्द केसीको अहिले महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा अहिले उपचार भइरहेको छ । केसीलाई सेनाको हेलिकप्टरमा चढाएर आजै काठमाण्डौ ल्याइएको थियो । उनलाई सैनिक मञ्चबाट नेपाली सेनाको एम्बुलेन्समा महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको डा. केसीका सहयोगीहरुले बताएका छन् ।

बीस दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको हो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा डाक्टर केसीको उपचार भइरहेको बताइएको छ । उनलाई जुम्लाबाट काठमाण्डौ ल्याउँदा जुम्लामा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

जुम्लाबाट सुर्खेत हुँदै सेनाको हेलिकप्टरमाफर्त उनलाई काठमाडौं ल्याइएको हो । उनलाई लिएर आएको सेनाको हेलिकप्टर पौने सात बजे काठमाडौंको सैनिक मञ्चमा अवतरण  भएको थियो । यता काठमाण्डौमा पनि डा. केसीको माग पुरा गर्न उनका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

Comment