विवाह भोजबाट फर्किएका पुरुष मृत फेला



ओएस नेपाल, खोटाङ, १७ फागुन- विवाह भोज खान गएर फर्किएका खोटाङका एक पुरुष मृत फेला परेका छन् ।

आफन्तको घरमा विवाहको भोज खाएर फर्किएका दिक्तेल नगरपालिका–१ का ४२ वर्षीय खिला घिमिरे शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए।

घिमिरेको शव बाटोदेखि ३० मिटर तल भेटिएको थियो । शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रनानि यादवले जानकारी दिए। रासस

Comment