उपराष्ट्रपतिलाई लक्षित गरी काबुल विमानस्थलमा विस्फोट : १० जनाको मृत्यु



काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । स्वनिर्वासनबाट आफ्नो देश फर्केका उप–राष्ट्रपति अब्दुल रसिद डोस्टुमलाई लक्षित गरी गराइएको उक्त बम विस्फोटबाट १० जनाको मृत्यु भएको आन्तरिक मन्त्रलायले जनाएको छ । उपराष्ट्रपति डोस्टुम भने सकुशल रहेका छन् ।

अफगान सेनाका पूर्व जेनेरलको फिर्तीमा उनका समर्थकले खुसी मनाइरहेका बेला विस्फोट गराइएको हो । उनी गत वर्ष आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई अपहरणपछि बलात्कार गर्न आफ्ना सहयोगी लगाएको आरोपपछि टर्की पुगेका थिए । यद्यपि उनले उक्त आरोप निराधार भएको दाबी गरे ।

सो विस्फोटको कारण हालसम्म खुलेको छैन । अफगान सञ्चारमाध्यमले भने घटना आत्मघाती आक्रमण भएको जनाएका छन् । आन्तरिक मन्त्री नाजिब डानिसले विमानस्थलको गेटनजिकै गराइएको विस्फोटमा परी केही मानिसहरू घाइते भएको जनाएका छन् ।

Comment