पोसाक एवम् खेलकुद सामग्री वितरण



ओएस नेपाल, ललितपुर, २१ फागुन- टीकाथलीस्थित नारायणदेवी निम्नमाध्यमिक विद्यालयका विद्यार्थीलाई बुधबार पोसाक एवम् खेलकुदका सामग्री वितरण गरिएको छ ।पूर्वसभासद् रामकृष्ण चित्रकारद्वारा उक्त विद्यालयमा अध्ययनरत ९० विद्यार्थीलाई ऊनबाट बनेको पोसाक र टोपी तथा ब्याडमिन्टनलगायत सामान वितरण गरिएको विद्यालयका प्रअ दिवाकर सिलवालले बताए । यसैगरी त्यहाँ रहेका करिब ५० ज्येष्ठ नागरिकलाई समेत ऊनबाट बनेको कम्बल र अन्य न्यानो पोसाक वितरण गरिएको थियो । रासस

Comment