चेपाङ वालवालिकाकालाई विहान वेलुकाको खाना



रत्ननगर २२ फागुन- पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाका लागि स्थानीय समाजसेव राधा देवि पाध्यको परिवारले विहान वेलुकाको खाना खुवाएको छ । होली पर्वको अवसर पारेर पाध्यको परिवार केन्द्रमा पुगेर विहानको खाना संगै बसेर खाएका थिए भने वेलुकाको खानाको लागि सामाग्री प्रदान गरेका थिए । सो अवसरमा समाजसेवी राधा देवि पाध्यले चेपाङलाई शिक्षा प्रदान गर्न सुरु गरिएको अभियान उदारणीय रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाङ वालवालिका आश्रय दिई अध्ययन गरिरहेका छन । मागेर चेपाङ वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराईरहेको केन्द्रमा खाद्यान्न र खानेपानीको समस्या रहेको अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।

Comment