जेठ १५ गते संविधान जारी हुन्छ– एमाले नेता भुसाल



ओएस नेपाल, बाबियाचौर (म्याग्दी) २३ फागुन-नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने ठोकुवा गरेका छन्।

प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी हुने बताए ।

जेठ १५ गते गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भुसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ भने । रासस

Comment