नेपालमा जातीय प्रदेश असम्भव छ:गगन थापा



Gagan-Thapaओएस नेपाल, बेनी (म्याग्दी), २३ फागुन – नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा जातीय प्रदेश बन्नै नसक्ने बताए ।

नेपाल शिक्षक सङ्घ म्याग्दीको १८ औँ  जिल्ला प्रतिनिधिसभाको उद्घाटन गर्दै सभासद् थापाले नेपाल बहुजातीय र बहुपहिचानसहितको मुलुक भएको हुनाले यहाँ कुनै जातिविशेषको अग्राधिकार रहने गरी प्रदेश बन्नै सक्दैन भने । “सबै जात र जातिको समान बाहुल्य, पहिचान र अधिकारसहितको थोरै प्रदेश नै नेपालका लागि उपयुक्त हुन्छ” थापाले भने ।

नेता थापाले अब बन्ने संविधानले नागरिकलाई अधिकारको प्रत्याभूति गराउने र शिक्षकले विद्यार्थीलाई कर्तव्य पालनाको शिक्षा दिई सबल र योग्य नागरिक बनाउनुपर्नेमा जोड दिनुए । रासस

Comment