संस्थापन पक्ष विरद्ध शुरु गर्यो शेरबहादुर देउवा पक्षले महाधिवेशन केन्द्रित दबाव अभियान



 

ओएस नेपाल काठमाण्डौं, २५ फागुन ।आगामी भदौमा हुने नेपाली काग्रेसको महाहधिवेशन लाई लक्षित गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले संस्थापन पक्ष विरुद्ध महाधिवेशन केन्द्रित दवाब अभियान शुरु गरेको छ । संस्थापन पक्ष पार्टी र सरकार दुवै मोर्चामा असफल भएको ठहरगर्दै देउवा पक्षले त्यस्तो अभियान शुरु गरेको हो । कोइराला प्रधानमन्त्री भएको एक वर्षसम्म मौन रहँदै आएका कोइरालाका प्रतिस्पर्धी बरिष्ठ नेता देउवाले पछिल्लो केन्द्रीय कार्य समिति बैठकमा मुखै खोलेर कोइराला दुबै मोर्चामा असफल भएको औपचारिक अभिमत दर्ज गरिसकेका छन् ।

पार्टी सभापति निर्वाचित भएको साढे चार वर्षसम्म कुनै पनि विभाग र समितिहरु गठन गर्न नसकेको र भातृ संगठनका महाधिवेशनहरु समेत रोकेर संगठन तहस(नहस बनाएको आरोप कोइरालामाथि देउवाले लगाएका छन् ।
देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आफू निकट केन्द्रीय सदस्य र अन्य प्रभावशाली नेताहरुलाई भेला गरेर अब देशव्यापीरुपमा कोइरालाको असफलताको विषय पार्टी पंक्तिमा प्रवाह गर्न निर्देशन दिएको एक जिल्ला सभापतिले बताए । सभापतिको चार वर्षे अवधिमा पार्टी विधान अनुसारका कुनै पनि काम गर्न नसकेको र प्रधानमन्त्रीको एक वर्षे अवधिमा संविधान पनि दिन नसकेको र सुशासनमा पनि असफल भएको आरोप कोइरालामाथि रहेको देउवा पक्षका बरिष्ठ नेता गोपालमान श्रेष्ठले बताए ।
‘हामीले सभापतिजीलाई पूर्ण रुपमा सहयोग गरेकै हो, तर उहाँले पार्टी सञ्चालन गर्न सक्नु भएन, कांग्रेसको इतिहासमै यस्तो भद्रगोल कहिल्यै थिएन’ श्रेष्ठले अनलाइनखबरसँग भने ‘उहाँ सरकार सञ्चालनमा समेत असफल सावित हुनुभयो, न सुशासन छ, न त संविधान नै’ ।
चार वर्षका लागि निर्वाचित भएका कोइरालाले केन्द्रीय कार्य समितिको म्याद एक वर्ष थपिसकेका छन् । आगामी भदौमा कांग्रेसको १२ औं महाधिवेशन हुने निर्णय भइसकेको छ ।
महाधिवेशन केन्द्रित रहेर दुवै पक्षले स्रोत साधन खर्च गर्दै कार्यकर्ता लक्षित अभियान चलाइरहेका बेला कोइराला पक्ष रक्षात्मक बन्न पुगेको छ ।

Comment