इजरायलस्थित नेपाली दुतावासले दियो १०५ औं नारी दिवसको अवसरमा शुभकामना



ओएस नेपाल, काठमाण्डौं, २५ फागुन । इजरायलस्थित नेपाली राजदुतावासले १०५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । इजरायलका लागि नेपाली राजदुत प्रल्हादकुमार प्रसाईले व्यक्त गरेको शुभकामना सन्देशमा इजरायल तथा साइप्रसमा बस्ने सबै नेपाली महिलाहरु लाई शुभकामना दिइएको हो । इजरायलकालागि नेपाली राजदुताबास तेल अविव बाट जारी गरिएको उक्त शुभकामना सन्देशमा भनिएको छः १०५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इजरायल तथा साइप्रसमा रहनुहुने सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछैं ।

Nari dibas

Comment