प्रेस चौतारी कास्कीमा दुई सदस्य मनोनित



ओएस नेपाल, पोखरा, २६ फागुन । प्रेस चौतारी नेपाल कास्कीको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई सोमबार पदस्थापना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटिका वैकल्पिक सदस्य मानबहादुर जिसी र निर्वाचन समितिका संयोजक अधिवक्ता विष्णु अधिकारीले पदाधिकारी तथा सदस्यहरुलाई खादा ओडाएर प्रमाण पत्र प्रदान गरे ।प्रमुख अतिथि जिसीले प्रेस चौतारी कास्कीको संस्थागत विकासमा ध्यान दिने बताए ।

आफूले पाएको केन्द्रीय कमिटिको सदस्यको जिम्मेवारी पार्टीको पक्षमा केन्द्रित गर्ने जानकारी दिँदै जिसीले आफ्नो भूमिका पार्टी बनाउन लगाउने धारणा राखे । संविधान निर्माणमा अहोरात्र खटिएको एमालेलाई ‘कर्नर’मा पार्न खोजिएको आरोप लगाउँदै जिसीले सत्तासाझेधार काँग्रेस अर्को कित्तामा पुग्न खोजको बताए ।निर्वाचन समितिका संयोजक विष्णु अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापा, प्रेस चौतारी नेपालका महिला उपाध्यक्ष शान्ति गुरुङ, केन्द्रीय सदस्य सुश्मा पौडेल, निवर्तमान अध्यक्ष श्याम कुँवर, पूर्व केन्द्रीय सचिव दुर्गा भण्डारी, निर्वाचन समितिका सदस्य प्रेम नारायण न्यौपानेले मन्तव्य राखेका थिए ।

यसैबीच प्रेस चौतारी कास्कीको सोमबार नै सम्पन्न पहिलो बैठकले कार्यसमितिको सदस्यमा खिमा कुमारी गुरुङ र गंगा मरासिनीलाई मनोनित गरेको अध्यक्ष माधव बरालले जानकारी दिए । बैठकले सातौं अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान कार्यसमिति, सहयोगदाता सबैलाई धन्यवाद ज्ञापन गरेको सचिव अर्जुन गिरीले बताए ।

Comment