करोडौ लागतमा गौशाला सञ्चालनमा



gausala222ओएस नेपाल (भद्रपुर0, २६ फागुन  –   श्री विराट कामधेनु महिला कृषि सहकारी संस्था लिमिटेड अनारमनीले रु एक करोड २५ लाखको लागतमा विराट गौशाला सञ्चालनमा ल्याएको छ ।

करिब एक वर्षदेखि सञ्चालनमा आएको यो गौशालामा ९० वटा जर्सीगाई पालिएका छन् । दैनिक ३०० लिटर दुध उत्पादन हुने गौशालामा छजना कामदार काम गरिरहेको संस्थाका अध्यक्ष पञ्चना ढकालले जानकारी दिए । गौशालाबाट सरदर ५५ प्रतिलिटर दुध बिक्री हुने बताइएको छ ।

यसैगरी, इजराइलबाट कृषि पेशामा अध्यायन गरेर फर्कनु भएका झापाको महारानी झोडा गाविस–३ निवासी हेमराज विष्ट र सुशील कटुवालले गाईपालन व्यवसाय अपनाएका छन् ।

स्थानीय साना किसान कृषि सहकारी संस्था लिमिटेडको रु २० लाख आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको यो फार्ममा दैनिक ७० लिटर दुध उत्पादन हुने गरेको बताइएको छ ।

यो व्यवसाय अपनाउने कटुवाल र विष्टले विदेशमा कडा परिश्रम गरेर धन कमाउनु भन्दा स्वदेशमै थोरै लगानी, कम मेहनतबाट लाखौँं आम्दानी गर्न सकिने जानकारी दिए ।

यी दुवै फार्ममा उत्पादित मलमूत्रलाई व्यवस्थित गरी कम्पोष्ट मल उत्पादन भइरहेको बताइएको छ । रासस

Comment