शब्दहरुको याक्सामाथि र्याण्डममा चर्चा



shabdaharuko yaksaओएस नेपाल, पोखरा, १ चैत । र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालले कवि मुनाराज शेर्माको कवितासङ्ग्रह ‘शब्दहरुको याक्सा’को शनिबार पोखरामा परिचर्चा गरेको छ । हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सोसाइटीको ५१ औँ कार्यव्रmममा कृतिको चर्चा गर्दै युवा साहित्यकार स्वप्नील स्मृतिले शब्दहरुको याक्साले कवि शेर्मालाई शक्तिशाली कविका रुपमा स्थापित गरेको दाबी गर्नुभयो ।

‘कविता सुन्दर र शक्तिशाली दुवै हुनु राम्रो हो तर त्यस्तो भाग्यमानी कविता कमै हुन्छन्’ स्मृतिले भन्नुभयो, ‘शब्दहरुको याक्साभित्रका अधिकांश कविता शक्तिले नै भरिएका छन्, कोमल अनुभूतिभन्दा गाढा विचारले सुसज्जित छन् ।’ राम्रा समालोचकका रुपमा समेत परिचय बनाउनुभएका शेर्मालाई नेपाली साहित्यका गतिला समालोचकको अभाव भएकाले त्यतातिर पनि ध्यान दिन स्मृतिले सुझाव दिनुभयो ।

झापामा शिक्षण गर्दै आउनुभएका कवि मुनाराज शेर्माले कवितामा विचार र वैचारिक पक्ष हुनु स्वाभाविक भएकाले आफ्ना कविताले कुनै वर्ग विशेषको पक्ष लिएको हुन सक्ने स्विकार्नुभयो । कविताको साधना गर्नेले जीवन र जगत्कै विषयवस्तुलाई समेट्ने जिकिर गर्दै आफूले पनि त्यही लेखेको शेर्माको भनाइ थियो । पोखराको लामाचौरमा व्रिmयाशील नव आदर्श सामुदायिक विकास समाजले सहआयोजना गरेको कार्यव्रmममा सोसाइटी तथा कार्यव्रmमका अध्यक्ष गनेस पौडेलले कविताको पनि चर्चा हुनुपर्नेमा जोड दिँदै कवितालाई चर्चाभन्दा बाहिर राखिएको वर्तमान अवस्थामा सोसाइटीले लगातार दुुई पटकसम्म कविताकै चर्चाको आयोजना गरेको जानकारी दिनुभयो ।

आगामी चैतको २८ गते शनिबार पनि आहुतीको कवितासङ्ग्रह ‘गहुँगोरो अफ्रिका’माथि सङ्गीत स्राताले परिचर्चा गर्नुहुने पुस्तक छनोट समितिका संयोजक डा. विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको थियो । कार्यव्रmममा सहआयोजक नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारी, सुरेन्द्रमानसिंह भण्डारी, दीपक पराजुली, महेन्द्र रिमाल, पुष्पा भण्डारी, सौगात सङ्घर्षलगायलते कवितामाथि टिप्पणी गर्नुभएको थियो ।कार्यव्रmमको सञ्चालन सचिव उपेन्द्र पौडेलले र उपाध्यक्ष महेन्द्र रिमालले स्वागत गर्नुभएको थियो ।

Comment