नेपालमा हाल सम्म ७ लाख ५६ हजार ४ सय ९२जनामा कोरोना संक्रमण हुँदा १० हजार ६ सय भन्दा बढीले गुमाए ज्यान — OSNepal

नेपालमा हाल सम्म ७ लाख ५६ हजार ४ सय ९२जनामा कोरोना संक्रमण हुँदा १० हजार ६ सय भन्दा बढीले गुमाए ज्यान

LC (KTM) August 27, 2021 0

काठमाडौं ११ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १० हजार ६ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुुसार आप थप २ हजार ६५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५६ हजार ४ सय ९२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८ हजार २ सय ३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर