प्यूठानमा बम विष्फोट, एक महिलाको मृत्यु



 map of puthanओएस नेपाल, प्यूठान , चैत्र ५  – आज  अपरान्ह प्यूठानको ओखरकोट(५मा बम विस्फोट भएको छ ।

उक्त विष्फोटमा परि सोही ठाउँ घर भएकी एक महिलाको मृत्यु भएको छ । ६२ वर्षीया नमादेवी पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो बारीमा घास दाउराको लागि गएको अवस्थामा घटना भएको स्थानीयबासीले  बताएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment