अमेरिकी प्रथम महिलाद्वारा कम्बोडियाको भ्रमण



nepal_newsmichelle-obama-thumbओएस नेपाल, सिम रिप (कम्बोडिाया) ८ चैत – अमेरिकी प्रथम महिला मिसेल ओबामाले कम्बोडियाको तीन दिने सांस्कृतिक भ्रमण सकिएर आइतबार अमेरिकातर्फ लागेकी छन । उनलाई सिम रिप अन्तर्राष्ट्रिय विमानस्थलमा छोड्नको लागि कम्बोडियाका प्रधानमन्त्रीका श्रीमती बुन रेनी र शिक्षा मन्त्री चुओन नरोन साथमा जानु भएको बताइएको छ ।
प्रथम महिला मिसेलले दक्षिणीपूर्वी एसियाली राष्ट्रहरुमा विश्व शिक्षाको नेतृत्व गर्दै महिलालाई शिक्षा भन्ने विषयमा प्रोत्साहान दिन त्यसतर्फ पुगेकी हुन ।
कम्बोडिया भ्रमणको क्रममा उनले कम्बोडिली महिला विद्यार्थीसँग भेटघाट गरी उनीहरुलाई विद्यालय जानको लािग प्रोत्साहान गर्नु भएको जनाइएको छ ।

उनले समाजका प्रातिनिधिहरु र नागरिक समाजका सदस्यहरुसँग महिला शिक्षा परियोजना विषयको गोलमञ्च सम्मेलनमा सम्बोधनसमेत गरेको जनाइएको छ ।
अमेरिकी प्रथम महिला कम्बोडियाको भ्रमणमा जानु भएको मिसेल नै पहिलो हुनु भएको जनाइएको छ । उनि अब दोस्रो चरणको भ्रमणको क्रममा जापानसहित दुई वटा एसियाली राष्ट्रको भ्रमणमा जान लागेकी पनि समाचारमा बताइएको छ । रासस

Comment