पूर्व प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना



Singapore_image_1ओएस नेपाल, सिङ्गापुर, ८ चैत – सिङ्गापुरका संस्थापक पूर्व प्रधानमन्त्री लि क्वान युको स्वास्थ्य केही दिनदेखि बिग्रेको छ । उनि स्थानीय अस्पतालमा भर्ना भई उपचार गदैँ छन । उनिको स्वास्थ्य स्थिति गत हप्ताको अन्त्यतिर एकदम नाजुक भएपछि हजारौँ सिङ्गापुरेलीहरूले अस्पताल र सामुदायिक केन्द्रहरूमा गई आफ्नो नेताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सिङ्गापुरका संस्थापक र राष्ट्रपिता मानिनु हुने ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखिनै कडा निमोनिया रोगले ग्रस्त थिए । उनिको स्वास्थ्यबारे सरकारले चासो लिइरहेको र आइतबार प्रकाशित स्वास्थ्य बुलेटिनमा थप कमजोर भएको जनाइएको छ । सिङ्गापुरमा यसवर्ष ‘स्वतन्त्रताको स्वर्ण जयन्ती’ मनाइदैँ छ । पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिएका थिए ।

यस अवधिमा उनले प्राकृतिकस्रोतमा एसियाकै गरिब द्विपीय राष्ट्रलाई समृद्ध र वलिष्ठ आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरेका थिए । सिङ्गापुरमा अपराध र भ्रष्टाचारको परिमाण अत्यन्तै न्यून रहेको छ । सिङ्गापुरमा सबैजसो जनताहरू लि लाई अत्यन्तै आदर र सम्मान गर्दछन् । सप्ताहान्तको दुई दिन नै सिङ्गापुरेलीहरुले फूलको गुच्छा, स्वास्थ्यलाभको सन्देश लेखिएको विशाल ब्यानर इत्यादी अर्पण गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । केही वर्षयता सिङ्गापुर सरकारले सामाजिक उदारतामा वृद्धि गरेको भारी परिमाणमा सामाजिक स्वतन्त्रता प्रदान गरेको छ । रासस

Comment