फलफूलखेतीमा उदाहरणीय बन्दै..



fruits-farmओएस नेपाल, कालीकोट, ८ चैत – भारतबाट ज्ञान हासिल गरेका कालीकोट दाहाका रजबहादुर मल्ल फलफूलखेती गरेर जिल्लाका उदाहरणीय कृषकका रुपमा स्थापित भएका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने दाहा गाविसको पिलिमा २५ जातका बिरुवा लगाएर फलफूल उत्पादन गरेर उहाँ उदाहरणीय बनेका हुन । आफ्नै लगानीमा मल्लले १४ हजार वर्गमिटर जग्गामा हलुवावेद, लिचि, आँप, केरा, अम्बा, ओखर, कागतीलगायतका २५ जातका फलफूलखेती सुरु गरेका छ छन्।

भारतको रुपेडिया गइ माटो परीक्षण गराएर फलफूलखेती सुरु गरेको उनले बताए। चारवर्ष अघि सुरु गरेको फलफूलखेतीलाई मल्लले निरन्तरता दिँदै आएका छन् ।

लगाएका बिरुवामध्य अहिले अम्बा र केराबाट मात्र आम्दानी लिएको मल्लले बताए । बिरुवा हुर्काउन रु तीन लाखको लगानीमा १० मिटर लामो पोखरी र सो जग्गा वरिपरी १६० मिटर घेरबारसमेत लगाएका छन् । “रु सात लाखसम्मको लगानी गरेको छुँ” उनले भने ।

जिल्लाका पूर्वी क्षेत्रका पाँखा, जुविथा, फोइमहादेव, राचुलिलगायतका स्थानमा फलफूलका लागि स–साना फार्म तथा समूहगठन भए पनि मल्लले बहुमुखी तरिकाको फलफूलखेती सुरु गरेका हुन । रासस

Comment