सडक आन्दोलन रोकेर मोर्चा संविधान निर्माणमा जुट्नुपर्छ – अध्यक्ष पासवान



56955-ram-1425ओएस नेपाल, लहान, ८ चैत – बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले सडकबाट संविधान नबन्ने भएकाले विपक्षी मोर्चालाई सडक आन्दोलन रोकेर संविधान निर्माणमा जुट्न आग्रह गरेका छन । सिरहाको लहानमा आज पार्टीका अगुवा कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष पासवानले संविधान बनाउने ठाउँ संविधानसभा भएकाले संविधानसभा छाडेर सडकमा जानुको साटो संविधान निर्माणमा जुट्न आग्रह गरे ।

सहमतिका नाममा संविधानसभालाई बन्धक बनाएर धेरै दिनसम्म राख्न नसकिने बताउदै उनले सहमतिभन्दा प्रक्रियाबाटै संविधान निर्माण सहज हुने बताए । उनले भने– “संविधानसभामा फरक–फरक विचार भएका दलको सहभागिता भएकाले यस्तो अवस्थामा सबै दलहरुका बीचमा सहमति हुने अवस्था देखिँदैन, त्यसैले अधिकतम सहमति गरी प्रक्रियाबाटै संबिधान बनाउँदा सहज हुन्छ ।” धेरै समयसम्म संविधानसभाको बैठक रोक्दा जनताको अविश्वास बढ्ने भएकाले तत्काल संविधानसभाको बैठक बोलाउन उनले सभाध्यक्षसँग आग्रह गरे ।

संविधान निर्माणको कार्य अन्योलमा परेकाले गणतन्त्र विरोधी सल्बलाउन थालेको बताउदै उनले दलहरु संविधान निर्माणमा क्रियाशील नभए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिए । रासस

Comment