मानव बेचबिखन विरुद्ध नाटक प्रदर्शन



Thumbnails1_Hadikhola street drama on trafficking 2ओएस नेपाल, काँकडभिट्टा (झापा)  ८ चैत – मानव बेचबिखन ओसारपसार तथा नाबालिका बलात्कारपछि हत्या र हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आज झापाको विर्तामोडमा जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ ।

विर्तामोडको दुर्गामन्दिर अगाडि माइती नेपाल काँकडभिट्टा, नवआवाज नाट्य समूह विर्तामोड र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त आयोजनामा सो नाटक प्रदर्शन गरिएको हो ।

कार्यक्रममा नाटकका बारेमा माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुनप्रसाद तिम्सिना लगायतले बोलेका  थिए । रासस

Comment