आन्दोलन फिर्ता लिइ वार्तामा आउन कानुन मन्त्रीको आग्रह



?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????ओएस नेपाल, चितवन, ८ चैत – कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले ३० दलीय मोर्चालाई आन्दोलन फिर्ता लिएर वार्तामा आउन आग्रह गरेका छन । स्थानीय शान्ति समिति चितवनले संयोजन गरेको मध्यमाञ्चल क्षेत्रीय शान्ति सम्मेलनको आज नारायणगढमा उद्घाटन गर्दै उनले सानातिना कुरामा चित्त सानो बनाएर आन्दोलनमा नजान अनुरोध गरे ।

संविधानसभा कस्को माग भन्ने हो प्रश्न गर्दै उनले भने–“जो संविधानसभा माग्छ त्यो नै संविधान बनाउन छोडेर आन्दोलनमा उत्रनु कति जायज छ ?” मन्त्री आचार्यले भने–“संविधानसभालाई बेवारिसे बनाउन मिल्छ ? त्यो हाम्रो सृजना होइन ? तपाईंहरु केका लागि आन्दोलन गर्दै छन ?” आन्दोलनको औचित्य नभएको भन्दै उनले कर्कलो टिप्न बञ्चरो नचाहिने भएकाले अब संविधान सडकबाट होइन संविधानसभाबाट बन्ने हो आन्दोलन छोडेर संविधान बनाउन आउ भने ।

संविधान निर्माण भएपछि मात्र शान्ति प्रक्रिया टुङ्गिने बताउँदै मन्त्री आचार्यले प्रक्रिया भन्दैमा नतर्सन विपक्षीहरुसँग आग्रह गरे ।
कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले रिक्त रहेको स्थानीय निकायमा समेत परिपूर्ति हुने गरी स्थानीय शान्ति समितिले भूमिका निर्वाह गरेको भन्दै अरू बढी सशक्त रुपमा लाग्न सुझाव दिए ।

सो अवसरमा द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको विवरण प्रशोधन र राहत प्रदान गर्न सुझाव पेस गर्न गठित कार्यदलका संयोजक नरबहादुर पुन मगरले द्वन्द्वमा देशभरमा १७ हजार ८८२ को मृत्यु भएको, आठ हजार घाइते भएका, ८० हजार आन्तरिक विस्थापित भएका र एक हजार ५०० बेपत्ता भएको जानकारी दिए ।

कार्यक्रममा सभासद्हरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेललगायतले संविधान जारी गरेर देशमा दिगो शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । मध्यमाञ्चलका १९ जिल्लाका १५० प्रतिनिधि सहभागी भएको सम्मेलनले आउँदा योजनाको विषयमा बृहत् छलफलपछि चितवन घोषणापत्र जारी गरिने स्थानीय शान्ति समितिका निवर्तमान संयोजक जितनारायण श्रेष्ठले जानकारी दिए । रासस

Comment