कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्षको सदस्यता खारेज



baidhya5ओएस नेपाल, कञ्चनपुर, ८ चैत – कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष हेमविक्रम थापाको साधारण सदस्यता खारेज गरिएको छ । सङ्घको ४० औँं बैठकले निवर्तमान अध्यक्ष थापाले सङ्घको अहित हुने कार्य गरेको ठहर गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो । वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले निवर्तमान अध्यक्ष थापाले विधान विपरित कार्य गरेकाले सदस्यता खारेज गरिएको बताए ।

उनका अनुसार निवर्तमान अध्यक्ष थापाले स्थानीय विकास शुल्क कटौती, सुदूरपश्चिमाञ्चल औँद्योगिक व्यापार मेला आयोजना, सङ्घ विरुद्ध अदालतमा मुद्दा दायर गरी सङ्घको अहित हुने कार्य गरेका छन् ।“विधान अनुसार निवर्तमान अध्यक्ष थापालाई सङ्घ विरुद्ध लागेको भनेर स्पष्टीकरण सोधे पनि जवाफ नफर्काएपछि उनि सङ्घ विरुद्ध स्वतः रुपमा लागेको देखिएकाले सदस्यता खारेज गरिएको छ” उनले भने ।

अध्यक्ष थापाले प्रतिक्रिया दिँदै सङ्घकोअहित हुने कुनै पनि कार्य नगरेको बताए । “सदस्यता खारेजबारे मलाई कुनै जानकारी छैन” उनले भने । वाणिज्य सङ्घमा थापाले तीन कार्यकाल अध्यक्ष पदमा बसेर नेतृत्व गरेका थिए । हाल उनि नेपाल उद्योग परिसङ्घ कञ्चनपुर कैलाली च्याप्टरका संयोजनक रहेका छन । रासस

Comment