यमनबाट अमेरिकीलाई विस्थापित गरिने



0,,17454637_303,00ओएस नेपाल, वासिङ्गटन, ८ चैत – संयुक्त राज्य अमेरिकाले यमनमा रहेका आफ्ना सबै कर्मचारीलाई विस्थापित गरिने शनिबार बताएको छ । सुरक्षाको कारणले त्यहाँ रहेका कर्मचारीहरुलाई विस्थापित गर्न लागिएको अमेरिकी विदेश विभागले जनाएको छ । यमनमा भएको आत्मघाती आक्रमणहरुमा १४२ व्यक्तिको मृत्यु भएको एक दिन पछाडि अमेरिकाले सो निर्णय गरेको छ । यस आक्रमणको इस्लामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको छ ।

हाल यमनको सुरक्षा स्थिति बिग्रेको हुनाले अस्थाईरुपमा यमनदेखि बाहिर ती कर्मचारीलाई विस्थापित गरिने विदेश मन्त्रालयका प्रवक्ता जेफ रथकेद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । हिंसा र द्वन्द्वको कारण यमन लरखराएर गृहयुद्ध तर्फ गएको बताइएको छ । उत्तर र दक्षिणी यमन इरानसँग आवद्ध सिते हुथि विद्रोहीको नियन्त्रणमा रहेको छ ।

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले आइतबार यमनमा जारी द्वन्द्वलाई लिएर शङ्कटकालीन छलफल हुने बताएको छ । दक्षिण यमनमा अवस्थित प्रमुख हवाई शिविरमा रहेका अमेरिकी सैनिकलाई यसअघि विस्थापित गरिसकिएको बताइएको छ । यमनमा जारी यस राजनीतिक सङ्क्रमणको अवस्थामा संयुक्त राज्य अमेरिकाले यमनका जनतालाई बलियो समर्थन गर्ने जनाइएको छ । रासस

Comment