एक हजार परीक्षार्थी र १५ निरीक्षक निष्काशित



slcओएस नेपाल,सप्तरी, १३ चैत –  प्रवेशिका परीक्षाअन्तर्गत आज सम्पन्न ऐच्छिक दोस्रो विषयको परीक्षामा अर्मादित कार्य गरेकाले विभिन्न परीक्षा केन्द्रका २४ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

यससँगै सप्तरीमा यस वर्षको परीक्षाका क्रममा निष्काशित र परीक्षा रद्द भएका परीक्षार्थी एक हजार र निष्काशित निरीक्षक १५ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विगतमा ठूलो सङ्ख्यामा नक्कली विद्यार्थी भेटाइँदै आए पनि यस वर्षको परीक्षामा विभिन्न केन्द्रबाट तीन जना मात्र नक्कली परीक्षार्थी भेटिएको छ । प्रजिअ वीरेन्द्रकुमार यादव र जिशिअ लक्ष्मीप्रसाद भट्टराई नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न परीक्षा केन्द्र निरीक्षण गरेको थियो ।

यसअघि अङ्ग्रेजी विषयमा अमर्यादित कार्य गरेकामा चार निरीक्षक र ९० परीक्षार्थी र नेपाली विषयमा २२३ परीक्षार्थी तथा अनिवार्य गणित विषयमा दुई नक्कली विद्यार्थी र तीन निरीक्षक निष्काशनमा परेका थिए ।

यस्तै अनिवार्य विज्ञान विषयको परीक्षामा आठ निरीक्षकसहित १९८ परीक्षार्थी, सामाजिक विषयमा एक निरीक्षक र एक नक्कली विद्यार्थीसहित ११२ परीक्षार्थीलाई निष्काशन गरिएको तथा ऐच्छिक प्रथम विषयको परीक्षामा ७३ परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । यस वर्षको परीक्षामा सप्तरीबाट १४ हजार २६१ परीक्षार्थी सहभागी भए । रासस

Comment