मछिन्द्रनाथको पाङ्ग्रा निर्माणको काम सकियो



Rato-Machindra-nath-wheelओएस नेपाल, ललितपुर, १३ चैत – श्रीपञ्चमीका दिनदेखि सुरु गरिएको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम सकिएको छ ।

रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दीलकुमार बारहीका अनुसार मङ्सिरको अन्तिम सातादेखि सुरु गरिएको निर्माणको काम चैत ११ गते सकिएको हो । निर्माणको काम सकिएपछि धार्मिक विधिअनुसार सिद्ध पूजा पनि भइसकेको छ ।

गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार पाङ्ग्रा बनाउनमात्रै दुई महिनाको समय लागेको छ ।
पाङ्ग्रा सानदान रुखबाट बनाइएको हो । रासस

Comment