सिङ्गापुरका संस्थापक प्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि



11081046_10153195285747329_2319267103223235337_nओएस नेपाल, काठमाडौँ, १३ चैत –  सरकारले मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यलाई सिङ्गापुर पठाएर त्यहाँका संस्थापक प्रधानमन्त्री ली क्वान युप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनता र नेपाल सरकारका तर्फबाट सिङ्गापुर पुगेर त्यहाँको सरकार र स्वर्गीय लीका परिवारजनप्रति आज समवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरे ।

शोक पुस्तिकामा हस्ताक्षर गर्दै उपप्रम सिंहले “सिङ्गापुरका संस्थापक नेताको निधनले उक्त मुलुकलाई अपुरणीय क्षति भएको तथा नेपालले एक विश्वासिला मित्र गुमाएको” उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित सिङ्गापुर पुगेर उपप्रम सिंहले समवेदना व्यक्त गरेएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

Comment