मुटु रोगबाट बँच्ने उपाय जानिराख्नुस् !



c662c34c9a83fcf03eaf5d890e5b5abbओएस नेपाल, काठमाडौं, १४ चैत – नियमित व्यायाम, चिल्लो, पिरो, अमिलो र नुन कम सेवन गर्ने गरेमा मुटु रोगबाट बच्न सकिने विशेषज्ञहरुले बताएका छन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले मुटु रोगका कारण नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसले ज्यान गुमाउन परिरहेकाले मुटु रोगबाट बच्न सबै सचेत हुनुपर्ने बताए ।

विश्वमा एक लाखभन्दा बढी मानिस मुटु रोगका कारण ज्यान गुमाउन बाध्य बनेको पाल्पा जिल्ला अस्पतालका चिकित्सक झपेन्द्र ढकालको भनाइ छ ।
मुटु रोगबाट बच्न बिहानीपख हिँड्डुल गर्नुपर्ने, सागसब्जीको सेवन गर्नुपर्ने, चिल्लो, मसला, नुनको प्रयोग कम गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिष्ठानकी उपाध्यक्ष  जिसीले विश्वमा ४६ लाख महिला मुटु रोगका कारण ज्यान गुमाउन बाध्य रहेको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नीरञ्जन ज्ञवालीले मानिसहरुले नियमित खानपानमा ख्याल गर्नुपर्ने, समयमा खाना खानुपर्ने, मदिराजन्य वस्तुको सेवन गर्न नहुने सुझाव दिए ।

Comment