दृश्यावलोकन क्षेत्रमा पर्यटकीय सवारी पार्किङमा समस्या



Hanuman-dhoka-2ओएस नेपाल, काठमाडौँ, १४ चैत – काठमाडौँ उपत्यका र छेउछाउमा रहेका दृश्यावलोकन जाँदा पर्यटकीय बस पार्किङमा समस्या हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । काठमाडौँस्थित वसन्तपुर दरबार चोक, स्वयम्भू र पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार चोक, पाटन दरबार चोकलगायत पर्यटकीय क्षेत्रमा सवारी साधन पार्किङमा समस्या देखिएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष रामशरण कार्की बताए ।

उनले दिनानुदिन पर्यटकका लागि सवारी साधन बढ्दै गएकामा आगामी वर्षमा झन् पर्यटकको सङ्ख्या बढ्दै जाँदा सो सवारी साधनका लागि छुट्टै बसपार्कको निर्माण हुनुपर्ने बताए । उनले भने, “सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखे तापनि पूर्वाधार र पर्यटन सवारी साधनका लागि बसपार्क नहुँदा समस्या हुने देखिन्छ ।”

अध्यक्ष कार्कीले देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु र गन्तव्यस्थलमा आवश्यक मात्रामा बजेट छुट्याउन नसक्नाले पर्यटक बढ्नेभन्दा घट्ने हो कि भन्ने चिन्तासमेत व्यक्त गरे । विसं २०६८ देखि सञ्चालित उक्त सङ्घले हरियो नं प्लेट भएका पर्यटकीय सवारी साधनलाई भाडामा दिएर पर्यटकीय क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । रासस

Comment