प्रा.डा. केसीको अनशनप्रति डा भट्टराईको ऐक्यबद्धता



baburam1ओएस नेपाल, काठमाडौँ, १४ चैत – एकीकृत नेकपा९माओवादी०का नेता डा बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका  हुन।

डा भट्टराईले प्रा डा केसीको माग जायज भएको उल्लेख गर्दै आन्दोलनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाए । केसीको अनशनस्थल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान पुग्नुभएका डा भट्टराईले चिकित्सा क्षेत्रमा भित्रिएको माफियाकरण रोक्नका लागि सुरु भएको आन्दोलन एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।

शिक्षा र स्वास्थ्यका विषयमा कुनै पनि सम्झौता नहुने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत डा भट्टराईले भने, “विगतमा आफूले सरकारको नेतृत्व सम्हाल्दासमेत उनले उठाउनुभएको मागको उचित सम्वोधन गर्न सकिन, त्यसका लागि म लज्जित छु ।”

उनले प्रा डा केसीले राखेको माग तत्काल पूरा गर्न सरकारसँग माग गरे  । गत आइतबारदेखि विभिन्न दशबुँदे माग राखी अनशनमा बस्नुभएका प्रा डा केसीको स्वास्थ्य स्थिति बिगँदै गएको छ ।

यसैबीच एमाओवादीका उपाध्यक्ष नारयाणकाजी श्रेष्ठले पनि प्रा डा केसीले उठाएको माग जायज रहेको भन्दै उनले सुरु गरेका हुन आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्ने राससलाई जानकारी दिए। “शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा हुनुपर्छ, राज्यले नै उचित व्यवस्थापन गर्नुपर्छ भन्ने प्रस्ट भएको छ”, श्रेष्ठले भने । रासस

Comment