आज रामनवमी पर्व मनाइँदै



ओएस नेपाल , काठमाडौँ , चैत १४ : आज मुलुकभर रामनवमी पर्व मनाइँदै छ ।
भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन ९ चैत्र शुक्ल नवमी लाई रामनवमीका रुपमा मनाइने गरिएको पञ्चाङ्ग निर्णयक समितिका जनाएको छ।
उनका अनुसार त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास रही आएको छ ।
वर्तमानमा पनि रामराज्यको चर्चा रहेको उल्लेख गर्दै अध्यक्ष गौतमले उच्च नैतिकता, आदर्शवान् तथा लोकको रक्षाका लागि त्रेता युगमा भगवान् रामचन्द्रले महत्वपूर्ण योगदान पु¥याएका कारण आदर्श पुरुषका रुपमा प्राचीनकालदेखि पूजाआजा गरिदै आइएको छ ।
पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा पनि भगवान् रामचन्द्रप्रति भक्तिभाव व्यक्त गरिने र रामनवमीका अवसरमा देशभरका भगवान् रामका मन्दिरमा विशेष पूजा हुने उनले जानकारी दिए ।

Comment