नेपालद्वारा उपाध्यायको पुस्तक विमोचन



??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????ओएस नेपाल,भक्तपुर, १४ चैत –  नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले आज पिताम्बर उपाध्याय नेपालको जीवन यात्रामा आधारित ‘अथक सेवा’ नामक पुस्तकको विमोचन गरे ।

भक्तपुरको लोकन्थलीमा आयोजित विमोचन कार्यक्रममा पुस्तक विमोचनपछि बोल्दै नेता नेपालले धर्म, कला, संस्कृति, वंश परम्पराको अध्ययन अनुसन्धान गर्दै उजागर गर्नुपर्ने बताए ।

पहिलाको परम्परा हराउँदै गएकाले यसको अध्ययन जरुरी रहेको औँल्याउँदै उनले तराई–मधेस र समग्र नेपालको अध्ययन गर्न खोज्दा राम्रो किसिमको अभिलेख नभेटेको उनले चर्चा गरे ।

यसप्रकारको पुस्तकबाट वंश अभिलेख लेखनको सुरुवात भएको बताउँदै उनले यो पुस्तकले त्यति बेलाको राजनीतिक, सामाजिक, साहित्यिक र सामाजिक परिवेशलाई उजागर गरेको चर्चा गरे ।

यो पुस्तकले १०० वर्ष पुग्न लाग्नुभएका आफ्नो बाबुको जीवनीमा आधारित पुस्तक निकाल्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा एमालेका नेता प्रदीप नेपालले पुर्खाको अनुभव खोजी गरेर पुस्तक लेखनको परम्परा बसाल्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा पुस्तकका लेखक नेपाल, समीक्षक डा शैलेन्दुप्रकाश नेपाल, नेपाल वंशज परिषद्का उपाध्यक्ष विद्यानाथ नेपाल, प्रकाशक अर्जुन नेपाललगायतले पुस्तकको विविध पक्षबारेमा चर्चा गरे । रासस

Comment