किन देखिन्छ, सेक्सको सपना ..?



ओएस नेपाल, काठमाडौ चैत १४ – सेक्सी सपना देख्नु वा सपनामा सेक्स गरिरहेको देख्नु सामान्य कुरो हो । यद्दपि यदि बारम्बार सेक्सी सपना आउछ भने त्यसलाई सामान्य रुपमा लिन भने हुँदैन् । सपनामा देखिने सेक्स सम्बन्धी सपनाहरुको अर्थ यस्तो छ ।

१)अपरिचितसँग सेक्सको सपना : यदि सपनामा कुनै अपरिचितसँग सेक्स गरेको देख्नु हुन्छ र यसले तपाईलाई  खुशी प्रदान गर्छ भने यसको अर्थ तपाईमा केही हिनताबोध छ र तपाइले जिन्दगीमा केही बहादुरीको गुण अपनाउनु पर्ने आवश्यकता छ । कुनै कुरामा स्टैण्ड लिने, आफ्नो मनको कुरा सुन्ने जस्ता गुणहरु अंगाल्नुस् ।

२) चरमसुखको सपना : यदि तपाईले बारम्बार सपनामा लवमेकिङ्गमा चरम सुख प्राप्त गर्नु हुन्छ भने यसको अर्थ हुन्छ तपाईको जिन्दगीमा केही राम्रो हुने संकेत हो भने त्यस समयमा तपाईले सेक्ससम्बन्धी तनावबाट जोगिनु पर्ने आवश्यकता छ ।

३) धोकाको सपना : यदि सपनामा तपाईले आफ्नो पार्टनरलाई धोका दिइरहेको वा उसलाई मन नपर्ने केही गरिरहेको देख्नु हुन्छ भने यसको अर्थ हो कि तपाई आफ्नो सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न र तपाईहरुबीच कुराकानीको आवश्यकता छ भन्ने हुन्छ ।

४) होमो सेक्सुअल सेक्स : यदि तपाइले समलिंगी पार्टनरसँग सेक्स गरेको देख्नु हुन्छ भने सेक्सको सम्बन्धमा तपाईको सोच वा शरीरमा कुनै परिवर्तन आउन थालेको छ । यसको अर्थ हो कि तपाई आत्मविश्वासयुक्त मान्छे हुनुहुन्छ र स्वयंलाई अत्याधिक माया गर्नुहुन्छ ।

५) अफिसमा सेक्स : अफिसमा आफ्नो सहकर्मी वा हाकिमसँग सेक्सको सपना देख्नुको अर्थ हो कि तपाई सो व्यक्तिलाई यस्तो व्यक्तिको रुपमा मान्नु हुन्छ, जोसँग तपाईले धेरै थोक सिक्न सक्नुहुन्छ ।

६) एक भन्दा बढीसँग सेक्स : यदि सपनामा एक भन्दा बढी व्यक्तिसँग सेक्सको सपना देख्नु हुन्छ भने यसले तपाईको अन्र्तर्मनमा दबेर रहेको सेक्सुअल भावनाहरुलाई झल्काउछ । यसको अर्थ के पनि हो भने तपाईको पारम्पारिक रुढीबादी सोचका कारणले चाहँदा चाहँदै पनि तपाई केही प्रयोगहरु गर्न सकिरहनु भएको छैन ।

Comment