दूधको उत्पादन बढाउने काम चुनौतीपूर्ण : मुख्य सचिव



Chief-Secretary-Lila-Mani-Poudelओएस नेपाल,बनेपा, १४ चैत – मुख्य सचिव लीलामणि पौडेलले पशु सेवा र कृषिका कार्यक्रम छरिएकाले लक्ष्यित समुदाय त्यसबाट लाभान्वित हुन नसकेको बताए ।

काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस–८ स्थित गौतम श्री अर्गानिक एन्ड काउ फार्मको आज शुभारम्भ गर्दै उहाँले दूधको उत्पादन कसरी बढाउने भन्ने चुनौतीपूर्ण कार्य भएको धारणा राखे

उनले यस्ता फार्मलाई नमुना फार्मका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यसबाट मुलुकमा मागअनुसारको दूधको आपूर्ति हुन सक्छ भने ।

करिब रु १४ करोडको निजी लागतमा स्थापना भएको सो फार्ममा करिव ३५० उन्नत जातका गाईसहित, केही बाख्रा र कुखुरासमेत छन् । ती उन्नत जातका गाईमध्ये ६० प्रतिशत तीन महिनाभित्रै ब्याउँदैछन् । फार्मका सञ्चालक रामबहादुर गौतमले कृषिलाई प्राथमिकतामा राखेर काम गरे त्यसले तुरुन्तै प्रतिफल दिने बताए ।

सो कार्यक्रममा नेपाल ट्रस्टका सचिव नरबहादुर रजवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाललगायतले कृषि कर्मलाई सबैले प्रोत्साहित गर्नुपर्ने बताए । सो फार्मबाट अहिले दैनिक १०० लिटर दूध उत्पादन हुदै आएको छ । रासस

Comment