नेपालगन्ज टिचिङ अस्पतालमा टेस्ट ट्युब बेबी सेवा सुरु



teching-hospital-nepalgunjओएस नेपाल, नेपालगन्ज, १४ चैत –  यहाँस्थित नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज टिचिङ अस्पतालमा आजदेखि ‘टेस्ट ट्युब बेबी’ सेवा प्रारम्भ गरिएको छ ।

सो सेवाको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा पुष्पा चौधरी र विशेषज्ञ डा रीता बख्सले शुभारम्भ गरे। कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडियाका अनुसार सो सेवाका लागि अस्पतालमा आवश्यक संयन्त्र स्थापना गरिएको छ ।

सो सेवा लिन चाहनेका लागि रु एक लाख ६० हजार शुल्क लाग्ने बताउँदै प्रबन्ध निर्देशक डा कनौडियाले काठमाडौँबाहिर यो सेवा पहिलो हो भने । रासस

Comment