चितवनको पटिहानीमा रेडियो उद्घोषण तालिम सुरु



11081633_372840159578283_111278907_nओएस नेपाल, पटिहानी चितवन, १५ चैत – पदमोदय युवा क्लव पटिहानीको आयोजनामा व्यक्तित्व विकास तथा रेडियो उद्घोषण तालिम शनिबारबाट सुरु भएको छ । युवा सूचना केन्द्र चितवनका सदस्यसचिव तथा जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले शनिबार तालिमको उद्घाटन गरे । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा सूचना केन्द्रको सहकार्यमा एकहप्तासम्म तालिम सञ्चालन गरिने छ ।

उद्घाटन कार्यक्रममा नारायणी नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष विजय घले, नेपाली कांग्रेसका दुर्गा अमर आचार्य, नेकपा एमालेकी पुष्पलता अधिकारी, एनेकपा माओवादीका प्रकाश दवाडी, पटिहानी गाविस पूर्व अध्यक्ष मधुसुदन सापकोटा, गाविस पूर्व उपाध्यक्ष रामजीप्रसाद सापकोटा, पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्ट, नेपाल रेडक्रस सोसाइटी पटिहानी उपशाखा सभापति कुमार प्रसाद थपलिया, प्रथम कमलपोखरी पर्यटन मेलाका संयोजक अपिल घिमिरे, क्लबका सल्लाहकार मुक्त बहादुर पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका कोषाध्यक्ष नारायण भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ३० बढी प्रशिक्षार्थीहरु सहभागी रहेको तालिममा पहिलो दिन पत्रकार विनोदबाबु रिजालले प्रशिक्षण दिएका छन् । सात दिनसम्म सुरज पौडेल, प्रकाश ज्ञवाली, राजेश घिमिरे, अनिल ढकाल, दीपेन्द्र अधिकारी, रामकान्त पौडेल र मुक्त पौडेलले प्रशिक्षण दिने क्लबका सचिव कुशल पौडेलले जानकारी दिए ।

11081567_372840402911592_1762628199_n

Comment