बलिउड अभिनेत्री मल्लिका शेरावतले खोलिन चलचित्र क्षेत्रमा लुकेका यस्ता रहस्य — OSNepal

बलिउड अभिनेत्री मल्लिका शेरावतले खोलिन चलचित्र क्षेत्रमा लुकेका यस्ता रहस्य

LC (KTM) May 20, 2021 0

मुम्बई । बलिउड अभिनेत्री मल्लिका शेरावतले बलिउडमा नातावाद र गुटबन्दीको ठूलो विभेद रहेको बताएकी छन् । उनले बलिउडमा जारी नातावाद कृपावादको विरोध पनि गरेकी छन् । बलिउडमा आफन्त कोही पनि नातेदार नभएका कारण हरेक चलचित्रका लागि अडिसन दिनुपरेको उनले बताएकी छन् ।

विगत १७ वर्षदेखि आफू बलिउडमा कार्यरत रहेको यी अभिनेत्रीको भनाइ छ । अहिले यी नायिकाले नयाँ चलचित्र ‘केआर आर क्या’मा नायिकाका लागि अडिसन दिएकी छन् । निर्माता निर्देशकको मागअनुसार यो चलचित्रका लागि पनि आफूले अन्य सहभागीबीच रहेर अडिसन दिएको मल्लिकाले बताएकी छन् । मल्लिकाको भनाइअनुसार उनले पहिलोपटक सन् २००५ मा नायिकाका लागि चलचित्र द मिथमा अडिसन दिएकी थिइन् । त्यतिबेला उनी रिमा लाम्बाका रूपमा मोडलिङमा थिइन् । यो नामलाई सिनेकर्मीले नरुचाएपछि रिमाबाट मल्लिका नाम उनले राखेकी थिइन् ।

त्यसपछि आफूले काम गरेका अधिकांश चलचित्रमा अडिसन दिएको उनको दाबी छ ।राजधानि दैनिकमा खबर छ । ‘मेरो लागि त बलिउडमा काम पाउन सधंै अडिसन नै दिनुपर्छ । म बलिउडकर्मीको छोराछोरी नभएको र बलिउडका कुनै पनि निर्माता निर्देशकको गुटमा नभएका कारण अडिसनबाट मात्रै मैले चलचित्रमा काम पाउने गरेको छु,’ मल्लिकाले भनेकी छन् ।

यी अभिनेत्रीले आपका सुरुर, वेलकम, प्यार के साइड इफेक्ट्स, ख्वाहिसजस्ता थुप्रै चलचित्र खेलेकी छन् । तथापि नायिकाका लागि आउने प्रस्तावमा अडिसन दिन आफू पछि नहट्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर