हट नायिका ज्याक्लिन फर्नान्डिजका फ्यानका लागि आयो खुशीको खबर — OSNepal

हट नायिका ज्याक्लिन फर्नान्डिजका फ्यानका लागि आयो खुशीको खबर

LC (KTM) May 20, 2021 0

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिज नयाँ हलिउड चलचित्रमा नायिकाका रूपमा प्रस्तुत भएकी छन् । उनी अहिले यो चलचित्रको व्यग्र प्रतीक्षामा छिन् । चलचित्रले आफ्नो करिअर हलिउडतर्फ पनि लैजान सक्ने यी अभिनेत्रीको आशा छ । हलिउडको चलचित्र वुमन्स स्टोरिजमा यी अभिनेत्री प्रस्तुत भएकी हुन् ।

यो चलचित्रको मुम्बईमा छायांकन गरिएको छ । यो चलचित्रको गत अक्टोबरमै मुम्बईमा छायांकन गरिएको हो । अभिनेत्री ज्याक्लिनले हलिउडका लागि यो आफ्नो पहिलो डेब्यु भूमि भएको बताएकी छन् । सोही कारण उनी यो चलचित्रप्रति निकै उत्साहित छिन् । महिला केन्द्रित चलचित्र भएकाले यसमा नारीहरू नै केन्द्रीय भूमिकामा रहेको उनको कथन छ ।

यो चलचित्रमा आफू प्रहरी अफिसरको भूमिकाका रूपमा रहेको पनि ज्याक्लिनले बताएकी छन् ।राजधानि दैनिकमा खबर छ । तर, आफ्नो चरित्रबारे उनले खुलाएकी छैनन् । महिला प्रहरी अधिकारीको भूमिका के हुन्छ, त्योबारे आफूले बताउनु नपर्ने उनको कथन छ । चलचित्रलाई मुम्बईको एक पुलिस स्टेसनमा पनि केही दिन छायांकन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर