अभिनेत्री कंगना रनावत फेरी अदालती झमेलामा , उच्च अदालतले दियो उनलाई गतिलो झट्का — OSNepal

अभिनेत्री कंगना रनावत फेरी अदालती झमेलामा , उच्च अदालतले दियो उनलाई गतिलो झट्का

LC (KTM) September 09, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत सधै बिबादमा तानिनै रहेकी हुन्छिन् । बलिउडमै एकदमै खरो स्वभाव भएकी हिरोइनमा कंगना पहिलो नम्बर मै आउने गरेकी छिन् । कुनै पनि ब्यक्तिको बिषयमा होस् या सार्वजनिक सवालको बिषयमा होस् उनी आफ्नो स्पष्ट कुराहरु राख्ने गर्छिन् ।

पछिल्लो समय पासपोर्ट रिन्यु गर्ने बिषयमा उनी अदालत सम्म पुगेकी थिईन् । त्यस्तै अहिले उनलाई अदालतको एउटा निर्णयले झट्का लागेको छ । बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनावत लाई नराम्रो झट्का दिएको हो । गीतकार जावेद अख्तरले कंगना बिरुद्ध दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउनका लागि उनले अपिल गरेकी थिईन् ।

सोही अपिललाई अदालतले अस्वीकार गरिदिएको छ । जाबेदले उनी बिरुद्ध मानहानीको मुद्धा हालेका थिए सोही मुद्धामा अदालतको कारबाहीमाथि रोक लगाउन उनले उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् । तर उनको अपलि न्यायाधिस रेवती मोहित डेरेले खारेज गरिदिएका छन् ।

जावेद अख्तरले अघिल्लो वर्ष नोभेम्बरमा कंगना विरुद्ध मुद्दा दर्ता गरेका थिए । उनले अभिनेत्री कंगनाले टिभी पत्रकार अर्णब गोस्वामीलाई दिएको एक अन्तरवार्तामा आफूविरुद्ध दिएको बयानले आफ्नो मान प्रतिष्ठामा ठेस पु¥याएको भन्दै उनले कंगना बिरुद्ध मुद्धा दर्ता गरेका थिए ।

उनले आफ्नो उजुरीमा भनेका थिए – कंगनाले अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको कथित आत्महत्यापछि बलिउडमा एउटा ‘मण्डली’ भएको कुरा गर्दै उनको नाम लिएकी थिइन् । अदालतको यो फैसला पछि कंगना तनावमा परेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर