कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन — OSNepal

कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

LC (KTM) October 19, 2021 0

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहनुभएका महर्जन नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि हुनुभएको थियो ।

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागिमात्र नभई देशैका लागि अपूरणीय क्षति भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्नु र पार्टीमा पूरै समय लगाउँछु”, भन्नुहुन्थ्यो समयले तपाईलाई पर्खिएन । तपाईको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर